काठमाडौं, जेठ २१ । नेकपा (एमाले) का नेता डा. भीम रावलले प्रधानमन्त्री पुष्प कमल दाहालमाथी जनताको अविश्वास पैदा भएको बताएका छन्। दाहालले भारतमा गेरु शस्त्र लगाउनुमा दिएको स्पष्टिकरणमा आइतबार सामाजिक संजालमा स्टाटस राख्दै रावलले यस्तो प्रतिक्रिया जनाएका हुन्।
दाहालले गेरु नलगाउँदा भारतीयको नजरमा अविश्वास पैदा हुने बताएका थिए। उनको यो अभिव्यक्तिको सबैतिर आलोचना भइरहेको छ। भारतको महाकालेश्वर मन्दिरमा पूजा गर्ने क्रममा गेरु वस्त्र लगाएका थिए। नेपालको एक ठुलो कम्युनिष्ट पार्टीका अध्यक्ष दाहालले भारतका मन्दिरहरुमा भ्रमण गरी पूजाआज गरेको प्रसंग अहिले सामाजिक संजालमा चर्चाको विषय बनेको छ।रावलले लेखेका छन्
, ‘प्रमं प्रचण्डले भन्नु भएछ-गेरू बस्त्र नलगाउँदा भारतीयको नजरमा अविश्वास पैदा हुने। उहाँको नाटकबाट उहाँ प्रति नेपाली जनतामा अविश्वास पैदा भएको छ। देश र जनता प्रति प्रतिवद्ध नेताको छनौट के हुनु पर्थ्यो ?’