Logo

आजको विदेशी विनिमय दर, कुन मुद्रा कतिमा खरिद-बिक्री?



काठमाडौं, जेठ २१ । नेपाल राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४० पैसा र बिक्रीदर १३२ रुपैयाँ कायम गरिएको छ।

शुक्रबार डलर एकको खरिददर १३१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३२ रुपैयाँ १६ पैसा कायम गरिएको थियो। तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा १६ पैसा घटेको हो।

यस्तै, अष्ट्रेलियन डलर भने अघिल्लो दिनको तुलनामा बढेको छ। अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ १४ पैसा र बिक्रीमा ८७ रुपैयाँ ५४ पैसा तोकिएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा १ रुपैयाँ ३८ पैसा बढेको हो। त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६५ रुपैयाँ ४८ पैसा तोकिएको छ। शुक्रबार पाउण्ड एकको खरिददर १६३ रूपैयाँ ८१ पैसा र बिक्रीदर १६४ रूपैयाँ ५५ पैसा तोकिएको थियो।

 



प्रतिक्रिया दिनुहोस्