Logo

नागरिकता विद्येयक प्रमाणीकरणको विरोधमा नेपाल मजदुर किसान पार्टी सडकमा, नेपाली लेण्डुपहरू मुर्दावादको नारा (फोटोफिचर)



काठमाडौं, २१ जेठ । नेपाल मजदुर किसान पार्टीले नागरिकता विद्येयक प्रमाणीकरणको विरोधमा सडकमा प्रदर्शन गरेको छ। नेमकिपाका नेता तथा कार्यकर्ताहरुले हातहातमा नागरिकता विद्येयक प्रमाणीकरणबारे पोष्टर प्रदर्शन गरेर विरोध गरेका हुन ।

उनीहरुले प्रदर्शन गरेका पोष्टरमा लेखिएको छ–नेपाली लेण्डुपहरू मुर्दावाद, देशभक्त नेपाली एक होऔं, देशघाती नागरिकता विद्येयक प्रमाणीकरण खारेज गर’ । यही जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विद्येयक प्रमाणीकरण गरेका हुन् । अहिले विभिन्न दल र यसका भातृ संगठनहरुले विरोध गरेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot