Logo

निरन्तर कागती पानी पिउनाले अनुहार चम्किलो बनाउँछ, यी हुन अरु फाइदाहरू



सविता सिंह ठकुरी-

धेरैजसो मानिसहरु गर्मीको समयमा कागती पानी खाने गर्दछन् । कसैले गर्मीको प्यास मेटाउन खाने गर्दछन् भने कसैले शरीरको तौल कम गर्न खाने गर्दछन् । यसको निरन्तर प्रयोगले हाम्रो शरीलाई धेरै फाइदा गर्ने गर्छ ।

कागती पानी खानुका फाइदाहरु –

१. यदि तपाईहरुको कलेजोमा बोसो जमेको छ भने कागती पानी घरेलु औषधी बन्न सक्छ । कागती पानीमा भिटामिन ‘सी’ हुन्छ । यसमा धेरै मात्रामा एन्टि–अक्सिडेन्ट पाइन्छ । यी दुवै चिजले हाम्रो शरीरमा ग्लुटाथायोन बनाउनका लागी मद्दत गर्दछ । हाम्रो कलजोभित्र विषहरु जम्मा भएर बसेको हुन्छ, जसले गर्दा कलेजोमा जमेको बोसो हटाउन ग्लुटाथायोनले मद्दत गर्दछ । त्यसैले कलेजोमा बोसो जमेको कागती पानीले बोसो हटाउन सधै बिहानको समयमा एक गिलास पानी र एउटा कागती खाने गर्नुपर्दछ ।

२. तपार्इंहरुलाई पत्थरीको समस्या छ वा बारम्बार पत्थरी हुने समस्याले सताएको छ भने कागती पानीले धेरै फाइदा गर्दछ । प्रायजसो पत्थरी क्याल्सियम अक्जिलेटको कारणले हुने गर्दछ । कागतीमा साइट्रिक एसिड पाइन्छ । साइट्रिक एसिडलाई साइटे«ट पनि भनिन्छ । हाम्रो किड्नीभित्र पत्थर बनेको हुन्छ त्यसलाई फुटाउने काम साइट्रेटले गर्दछ र पिसाबलाई क्षारीय बनाउन मद्दत गर्दछ । साथसाथै किड्नीमा रहेका पत्थर पिसाबसँगै जान्छ र बारम्बार पत्थरी हुने प्रक्रिया बन्द हुन्छ ।

३. निरन्तर कागती पानी पिउनाले हाम्रो अनुहारलाई स्वस्थ बनाउन र चम्किलो बनाउन मद्दत गर्दछ । कागतीको निरन्तर प्रयोगले हाम्रो शरीरभित्र रहेको कोलेजिनको मात्रा बढ्छ । कोलजिनले हाम्रो अनुहारको छालालाई टाइट बनाएर राख्ने र चम्किलो बनाउने काम गर्दछ । हाम्रो अनुहार चाउरी पर्ने, छाला पातलो हुने, छाला झुण्डिनेजस्ता समस्या कम गर्दछ र हाम्रो उमेर भन्दापनि कम उमेरको देखिन मद्दत गर्दछ । त्यसैले यसको प्रयोगले हाम्रो छाला स्वस्थ रहन्छ, चम्किलो र मुलायम बनाउँछ । साथसाथै, अनुहारमा आउने समस्याहरु कम गर्दछ ।

४. धेरैजसो मानिसहरु तौल घटाउन कागती पानीको प्रयोग गर्ने गर्दछन् । कागती पानीमा पोनिफिनोल नामको एन्टिअक्सिडेन्ट धेरै पाइन्छ । पोनिफिनोलले हाम्रो शरीरभित्रको मोटोपन कम गर्छ र शरीरको तौल घटाउने काम गर्दछ । कागती पानीले हाम्रो शरीरमा बोसो जम्मा हुन दिदैँन र मधुमेहजस्तो रोगपनि कम गर्दछ ।

५. कागतीमा भिटामिन ‘सी’ पाइने हुनाले सेल्सलाई क्षति हुनबाट जोगाउँछ । यसको साथसाथै हाम्रो शरीरभित्र जो फ्री रेडिकल्सले गर्ने क्षतिलाई न्युट्रिलाइज गर्ने काम भिटामिन ‘सी’ ले गर्दछ । भिटामिन ‘सी’ ले हाम्रो मुटुको रोगलाईपनि कम गर्दछ । मुटुको भित्र माइक्रो भ्यास्क्युलेटर हुन्छ कहिलेकाँही भिटामिन ‘सी’ को कमीको कारणले रगत पटक पटक क्यापलरीबाट निस्कन सुरु गर्दछ र यसलाई बन्द गर्नको लागी कोलेस्ट्रोल र क्याल्सियम आएर जम्छ । त्यहाँ सानो चिजहरु जम्यो भने विस्तारैविस्तारै बन्द गर्ने काम गर्दछ । कागती पानीको प्रयोगले इन्सुलेन्सको सेन्सिटीभिटी बढ्ने, हाम्रो शरीरभित्र रहेको सेल्सलाई क्षति हुनबाट बचाउँछ र रगतको मात्रा बढाउन मद्दत गर्दछ ।



प्रतिक्रिया दिनुहोस्