Logo

प्रधानमन्त्री प्रचण्डमाथि खनिए एमाले नेता, राष्ट्रियतासँग सौदाबाजी गर्ने अधिकार नभएको टिप्पणी



काठमाडौं, २१ जेठ । नेकपा (एमाले) का नेता तथा विदेश विभागका उपप्रमुख विष्णु रिजालले प्रधानमन्त्री पुष्पकमल दाहालको आलोचना गरेका छन् । उनले प्रधानमन्त्री दाहाललाई देशको राष्ट्रियतासँग सौदाबाजी गर्ने अधिकार नभएको टिप्पणी गरेका छन् ।

फेशबुकमार्फत उनले लेखेका छन्–

प्रधानमन्त्रीज्यू, दिल्ली जानूस् कि उज्जैन, दौरा–सुरुवाल लगानूस् कि गेरुबस्त्र, एक्लाएक्लै भेट्नूस् कि परिवारका सदस्य राखेर– तपाईंलाई यो देशको राष्ट्रियतासँग सौदाबाजी गर्ने अधिकार छैन ।

पहिले नेपाली भूमिमाथिको हक स्थापित गर्नूृस् अनि मात्र समाधानका बारेमा छलफल गरौँला । देशभित्र एक मिनेट पनि नउठेको भूमि साटफेरको ‘आइडिया’ दिल्लीमा तपाईंमा कसरी फुर्र्यो ? के यो तपाईंको आफ्नै दिमागको उपज हो ?

हरदम याद गर्नूृस्– यस देशमा नेकपा (एमाले) छ, संसद्मा सशक्त प्रतिपक्ष छ । र, तपाईंका यी र यस्ता कुनै पनि अवाञ्छित सपना पूरा हुन किमार्थ दिँदैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot