Logo

संसद्को गतिरोध हटाउन सचेतकसँग छलफल गर्दै सभामुख घिमिरे



काठमाडौं,२२ जेठ । प्रतिनिधिसभाको बैठकको गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले पहल कदमी थालेका छन् ।

प्रमुख विपक्षी दल नेकपा एमाले लगायतका राप्रपा र रास्वपाले निरन्तर अवरोध गरेपछि हिजोको बैठक स्थगित भएको थियो ।

आज ११ बजेका लागि बोलाइएको बैठकपनि प्रमुख प्रतिपक्षी दलहरुले अवरोध गर्ने तयारी गरेपछि सभामुख घिमिरेले प्रमुख दलका सचेतकहरुसँग छलफल थालेका छन् ।

विहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेका घिमिरेले अहिले सचेतकहरुसँग छलफलल गर्न लागेका हुन् ।

नागरिकता विधेयक प्रमाणीकरण, प्रधानमन्त्रीले भारतमा दिएको अभिव्यक्ति लगायतका बारेमा विरोध जनाउँदै एमालेले संसद अवरोध गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot