Logo

असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने शिक्षा मन्त्रालयको निर्णय



काठमाडौं,२२ जेठ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ ।

मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ प्रमाणिकरण भएको मितिलाई आधार मानेर असोज २ गते प्रत्येक वर्ष राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको जनाएको छ।

मन्त्रालयले उक्त मितिमा शिक्षा दिवस मनाउने तयारी गर्न प्रदेश,जिल्ला र सम्बन्धित निकायलाई पत्रचार गरेको छ ।

राष्ट्रिय शिक्षा दिवस २०३१ सालदेखि फागुन १२ गते मनाइदै आएकोमा २०७६ सालयता भने मनाउन छोडिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot