Logo

युरोपको आकर्षण देखाई हुने ठगी बढ्दो



काठमाडौं, जेठ २३। केही संस्था वा व्यक्तिले भ्रमण भिसाका विभिन्न मुलुकमा आकर्षक तलब र सेवासुविधा उपलब्ध गराउने भन्दै नेपाली युवालाई ठगी गरेकोप्रति वैदेशिक रोजगार विभागको ध्यानाकर्षण गराएको छ ।

विभागले विज्ञप्तिमार्फत नेपाली युवालाई युरोपका विभिन्न देशमा लगेर अलपत्र पारेका उजुरी आउने क्रम बढेकाले यसप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

विभागका अनुसार शैक्षिक परामर्शनका लागि खोलिएका कन्सल्टेन्सी, व्यक्तिले फेसबुक, युट्युबमार्फत फिलिपिन्स, माल्टा, इजरायललगायतका देशमा आकर्षक तलबको प्रलोभन देखाउने, ठूलो परिणाममा रकम असुल गर्ने र युवालाई अवैध ढङ्गबाट पठाई विदेशमा अलपत्र पार्ने घटना बढ्दै गएको छ ।

सरकारबाट अनुमति नभएका संस्था वा व्यक्तिको कुरालाई विश्वास गरी विदेश नजान आमयुवालाई आग्रह गर्दै यसरी ठगी गर्ने संस्था वा व्यक्तिलाई कानुन अनुसार हदैसम्म कारबाही हुने विभागका प्रवक्ता गुरुदत्त सुवेदीले बताए । विभागले ठगी नियन्त्रणका लागि अनुगमनलाई तीव्रता दिने, अनलाइनमार्फत उजुरी दिन सकिने, सामाजिक सञ्जालमाथि निगरानी बढाउनेलगायतका कार्य बढाउन थालेको पनि उनको भनाइ छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot