Logo

४ लाख रुपैयाँ धरौटीमा छुटे मदन राई



खोटाङ, जेठ २३। बाल यौन दुरुपयोग कसुरमा पक्राउ परेका खोटाङका कृषि विज्ञ मदन राई धरौटी तारिखमा छुटेका छन् ।

किशोरीलाई यौन दुर्व्यवहार गरेको उजुरीका आधारमा गत २९ वैशाखमा पक्राउ परेका कृषि विज्ञ राई सोमबार पुर्पक्षका लागि ४ लाख धरौटीमा छुटेको जिल्ला अदालत खोटाङका स्रेस्तेदार रामाकान्त यादवले बताए ।

राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभद्रा मदन ९शुभम० फाउन्डेसनका संस्थापकरसञ्चालक हुन् । फाउन्डेसनमा सात वर्ष बसेर बाहिरिएकी १६ वर्षीय किशोरीले यौन दुर्व्यवहार गरेको भन्दै दिएको प्रहरीलाई उजुरीका आधारमा राई पक्राउ परेका थिए ।

जिल्ला न्यायाधीश शुभाषबाबु पुरीको एकल इजलासले मुद्दाको फैसला नभएसम्म वालिकाको अन्तरिम संरक्षणका लागि फाउन्डेसनमा जान नपाउनेगरी धरौटी तारिखमा रिहा गरेको स्रेस्तेदार यादवले बताए ।

प्रतिवादीकातर्फबाट दुई वरिष्ठसहित १४ जना कानून व्यवसायी र वादी नेपाल सरकारकातर्फबाट दुई जना सरकारी वकिलले थुनछेक वहस गरेका थिए ।

आरोपितविरुद्ध जेठ २१ गते सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा बाल यौन दुरुपयोगसम्बन्धी अभियोगपत्र दायर गरेका थिए । अभियोगपत्रमा राईलाई ३ वर्ष कैद र ७५ हजार जरिमाना माग गरिएको थियो ।

राईमाथि शुभम फाउन्डेसनले संचालन गरेको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । उनलाई खोटाङ प्रहरीले वैशाख २९ गते नियन्त्रणमा लिएको थियो ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्