काठमाडौं, जेठ २३ । एएफसी यू–२० महिला एसियन कप फुटबल छनोटको दोस्रो चरण खेल्न म्यान्मा पुगेका नेपाली टोलीले आज साँझ घरेलु टोली म्यान्मासँग प्रतिस्पर्धा गर्दैछ।
नेपाल र म्यान्माबीचको खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ। नेपाल छनोटको समूह ‘बी’ मा रहेको छ। नेपालको समूहमा चीन, म्यान्मा र चाइनिज ताइपेइ छन्।
नेपालले प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो।
नेपाले यही जेठ २५ गते चीनसँग खेल्नेछ भने यही जेठ २७ गते चाइनिज ताइपेइसँग खेल्नेछ।