Logo

गाँजा खेतीको सम्भाव्यता अध्ययन बारे ओलीको प्रश्न : गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ?



काठमाडौं,२३ जेठ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा आलीले अर्थमन्त्री डा. प्रकाशरण महतले संसद्मा सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटले जनताको जनजीवनमा सकरात्मक प्रभाव पार्न नसक्ने टिप्पाणी गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा विपाक्षी दलको नेताको हैसियतले बजेटमाथि टिप्पणी गर्दै ओलीले बजेटमा समेटिएका केही विषयप्रति आशंका गर्दै औषधिजन्य प्रयोजनका लागि गाँजा खेतीको अध्ययन गर्ने विषयप्रति असन्तुष्टि जनाउँदै आशंका व्यक्त गरेका छन् ।

‘धान फलाउने, आलु फलाउने, कृषि बढाउने त्यतापट्टि छैन । खाद्यान्नमा आत्मनिर्भर भन्ने छैन,’ ओलीले भने, ‘कसले गर्न खोजी राछ गाँजा खेती ? अहिले मान्छे दृष्टिगोचर भएको छैन । कोही छ गाँजा खेती पछाडि ? गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ?’

सरकारले आगामी आर्थिक वर्षको निित तथा कार्यक्रम सार्वजनिक गर्दा औषधिय गुण भएको गाँजा खेतीलाई सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरिएको थियो । उक्त कुरालाई लिएर ओलीले आजको बैठकमा प्रश्न उठाएका हुन्  ।



प्रतिक्रिया दिनुहोस्

Screenshot