काठमाडौं, जेठ २४ । आज पनि प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा अहिले बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल जारी रहनेछ ।
बजेटमाथिको छलफल सोमबारबाट सुरु भएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले बजेट सच्याउन माग गरेको छ । एमालेले बजेटले पनि मुलुकमा विद्यमान संकट समाधान गर्न नसक्ने बताएको छ ।
सत्ता पक्षका सांसदहरूले भने बजेट कार्यान्वयनमा जोड दिनुपर्ने बताइरहेका छन् ।