Logo

अत्यावश्यक सेवामा हडताल निषेधको आदेश जारी गर्ने सरकारको निर्णय



काठमाडौं,२४ जेठ । सरकारले अत्यावश्यक सेवामा हडताल निषेध गर्ने निर्णय गरेको छ ।

बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयको प्रस्तावमा आवश्यक सेवा संचालन नियमावली २०१४ को दफा ३ को उपदफा १ बमोजिम अत्यावश्यक सेवामा हडताल निषेध गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

“आवश्यक सेवामा हडताल निषेधको आदेश जारी गर्ने निर्णय भएको छ,” सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले भनिन्, “कँहा–कँहा हडताल निषेध गर्ने भनेर नेपाल राजपत्रमा सूचना प्रकाशित गर्नेछ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot