Logo

सांसद सिंहको आरोप : यो बजेटले मधेशको चीरहरण गरेको छ (भिडिओसहित)



काठमाडौं, २४ जेठ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले अहिले आएको बजेट मधेशको चीरहरण गर्ने बजेट भएको आरोप लगाएका छन् । आज (बुधबार) प्रतिनिधि सभामा बजेटमाथि छलफलमा भाग लिने क्रममा सांसद सिंहले यस्तो बताएका हुन् ।

उनले भने,‘यो बजेटले मधेशको विकासको नाममा चीरहरण गरेको छ । तपाईँहरुले असमानता देखाउनुभएको छ ।’ उनले ट्रमा सेन्टर किन नबनाएको ? भन्दै प्रश्न पनि गरे । उनले मधेशमा मेडिकल चाहिँदैन भनेर प्रश्न सोधे । सुदुरपश्चिम प्रदेशमा गेटा मेडिकल कलेज अरवौं लगानी गरेर खोल्दा किन सञ्चालनमा नल्याएको र अहिले डडेल्धुरामा मेडिकल कलेज खोल्न खोजिएको भनेर सोधे ।



प्रतिक्रिया दिनुहोस्