Logo

वामदेवबारे ओलीको व्यंग्य-उहाँको सदस्यता एमालेमै छ



काठमाडौं,२४ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यंग्यात्मक रुपमा तत्कालीन पार्टी उपाध्यक्ष वामदेव गौतमको सदस्यता एमालेमै रहेको बताएका छन्।

प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा वामदेव गौतमले ७० वर्षे उदेरहद निलम्बन मात्रै हो हट्नुपर्थ्यो यो हटेर अध्यक्षले भन्नुभयो भने एमालेमा जान्छु । मेरो सदस्यता त्यहीँको छ भन्नुभएको छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले भने,‘उहाँले सदस्यता त्यहीँ छ भन्नुभयो । र सदस्यता पनि एमालेमै छ ।

एमालेले आफ्नो पार्टी विधानबाट तत्कालका लागि ७० वर्षे उमेरहद हटाउने निर्णय गरेपछि पूर्व उपाध्यक्ष गौतमले पार्टी अध्यक्ष ओलीले बोलाए आफु एमालेमा फर्कने घोषणा गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot