Logo

कांग्रेसले माग्यो कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको राजीनामा



काठमाडौं,२४ जेठ । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री हिक्मत कुमार कार्कीको राजीनामा माग गरेको छ ।

कांग्रेसको प्रदेश संसदीय दलको आज बसेको बैठकले राजीनामा दिएर मार्ग प्रसस्त गर्न आग्रह गरेको प्रमुख सचेतक भूपेन्द्र राईद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राईले विज्ञप्तिमा नागरिकका आवाज बोल्ने संसद जस्तो गरिमामय सभालाई अल्पमतमा रहेको सरकारले बन्धक बनाउन खोजी प्रदेशको नीति तथा कार्यक्रम र बजेट अध्यादेशमार्फत ल्याउनका लागि गरिएको यो गलत कदम प्रति नेपाली काँग्रेस संसदीय दल कोशी प्रदेश घोर भर्त्र्सना गरेको छ ।

सत्ता साझेदार दल माओवादी केन्द्र र जसपाले समर्थन फिर्ता लिएपछि मुखयमन्त्री कार्की अल्पमतमा परेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot