Logo

बिहानदेखि बेलुकीसम्म राष्ट्रवादको गीत गाएर बस्नेहरुबाट नेपाल बर्बाद भएको कर्णको आरोप (भिडिओसहित)



काठमाडौं, २७ जेठ । कूटनीतिज्ञ विजयकान्त कर्णले बिहानदेखि बेलुकीसम्म राष्ट्रवादको गीत गाएर बस्नेहरुबाट नेपाल बर्बाद भएको आरोप लगाएका छ्न । उनले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा गरिएका सम्झौतालाई राष्ट्रघाती भन्नु उचित नहुने बताएका छन् ।

‘कसले भन्यो राष्ट्रघाती काम ? यो त एमालेका नेताहरुको बुद्धि बिग्रेर भन्या हो । १० हजार मेगावाटको पावर ट्रेड ओपनिङ हुनु राष्ट्रघाती हुन्छ रु बंगलादेशसँग विद्युत् व्यापारको बाटो खुल्नु राष्ट्रघाती रु ३ हजार मेगावाटमा भारतीय कम्पनीको लगानी हुनु राष्ट्रघाती रु कोसीसम्म पानीजहाज ल्याउने काम राष्ट्रघाती, डिजिटल कनेक्टेभिटी राष्ट्रघाती रु’ नेपाली रेडियो नेटवर्क ९एनआरएन० को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।

कूटनीतिज्ञ कर्णले भारतसँग दुई दशकमा नभएका सम्झौता प्रचण्डले गरेको दाबी गरे । उनले थपे, ‘यसपटक अत्यन्त महत्त्वपूर्ण निर्णय भएका छन् । २०–२५ वर्षभित्रमा यस्ता सम्झौता भएकै थिएनन् । दुई दशकमा नभएका सम्झौता प्रचण्डको पालामा भएको छ । राजनीतिक विश्वासको वातावरण बनाएपछि मात्र यस्ता काम सम्भव हुन्छन् ‘ भैरहवा र पोखरामा एयररुट लिने कुरा प्राविधिक कारण अड्किएको पनि उनले बताए । कर्णले भने, ‘एटीआर प्लेनका लागि कुरा भएको छ । ठुला प्लेनलाई टेक्निकल कुरा नपुगेको मात्र हो ।’

भीम रावलले पनि राष्ठ्रघाती भन्नुभएको छ नि भन्ने प्रश्नमा उनले भने,’भीम रावलजी बिहान उठ्दादेखि भारतको विरोध सुरु गर्नुहुन्छ, बेलुकी पनि त्यही काम गर्नुहुन्छ । म राजनीतिशास्त्रको विद्यार्थी हुँ र अन्तर्राष्ट्रिय सम्बन्ध पढाउँछु । उहाँ कुतर्क मात्र गर्नुहुन्छ । यी काम नभएको भए पो त राष्ट्रघाती हुन्छ । उहाँको भारतप्रतिको सोच नै अचम्मको छ । कालापानी, लिम्पियाधुराबारे बोल्दैमा समाधान हुन्छ त रु भारतले निरन्तर संवादबाट गर्ने भनेको छ । पहिलोचोटि सीमा विवादलाई भारतले रिकग्नाइज गरिदियो । सीमा समस्या समाधानका लागि भारत र पाकिस्तानबीच तीनवटा युद्ध भइसक्यो । भारत र चीन, चीन र जापान, चीन र मंगोलियाबीच किन कुरा मिलेको छैन रु सीमा विवाद समाधान गर्न दुईचार दिन होइन, पचासौं वर्ष लाग्न सक्छ । बंगलादेश र भारतलाई ४१ वर्ष लागेको छ । भीम रावललाई प्रधानमन्त्री बनाइदियो भने सीमा विवाद समाधान गर्न सक्नुहुन्छ रु भारतसँग युद्ध गर्ने त रु के राष्ट्रघाती हो, त्यो पो बुझिएन । प्रचण्डको भारत भ्रमण अत्यन्त सफल र महत्त्वपूर्ण भ्रमण हो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot