Logo

गठबन्धन बनाएर चुनाव लड्दा कांग्रेस ठूलो पार्टी बन्यो : सभापति देउवा



काठमाडौं, २७ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन बनाएर चुनाव लड्दा कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको बताएका छन्।

शनिबार कांग्रेस भक्तपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले गठबन्धन बनाएर चुनाव लड्दा कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको बताएका हुन्।

उनले पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध भएर अघि बढ्न र पार्टीमा रहेका योग्य कार्यकर्तालाई उचित जिम्मेवारी दिन प्रतिबद्ध रहेको दाबीपनि गरेका छन्।

यसका साथै देउवाले प्रजातन्त्रलाई संकटमा आउन नदिन कांग्रेसलाई बलियो बनाउनुपर्ने बताए।



प्रतिक्रिया दिनुहोस्

Screenshot