Logo

आजपाका दुई संगठनबीच एकता



काठमाडौं, २७ जेठ । आम जनता पार्टी (आजपा)का दुई भातृ संगठनबीच एकता भएको छ। शनिबार नेपाल क्रान्तिकारी ट्रेड युनियन फेडरेशन र आम ट्रेड युनियन महासंघबीच एकता भएको हो।

सो अवसरमा दुईटै संगठनहरूको संयुक्त केन्द्रीय समितिको बैठकपनि बसेको आजपाका वरिष्ठ उपाध्यक्ष बद्रिप्रसाद न्यौपानेले जानकारी दिए । सो अवसरमा सिन्धुपाल्चोक र काभ्रेका दुई जना प्रभावशाली माओवादी नेताहरु आजपा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेमा काभ्रेका हेमन्त लामा (तत्कालिन जनमुक्ति सेनाका प्लाटुनम कमाण्डर) र दोलखाका मिन घिसिङ रहेका छन् । दुई संगठनबी एकता भएर महासंघ बनेको हो । सो कार्यक्रममा आजपाका अध्यक्ष तथा सांसद प्रभु साह र वरिष्ठ उपाध्यक्ष न्यौपानेले सम्बोधन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot