Logo

वातावरण संरक्षणमा सबैको सक्रियता आवश्यक : मन्त्री आचार्य



काठमाडौं, २७ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सुन्दर, सफा र स्वच्छ हरियाली बनाउने अभियानमा सबैको सक्रियता जरुरी भएको बताएका छन्।

नेपाल टेलिकमले मैनादेवी फाउण्डेशनको सहकार्यमा सञ्चालन गरेको ‘नेपाल टेलिकम क्लिन अप प्रिमियर लिग’ को आज समापनका अवसरमा उहाँले वातावरणीय सन्तुलन कायम राख्न र यसबारे जनचेतना अभिवृद्धि गर्न कलेजहरूले गरेको कार्य निकै प्रशंसनीय भएको बताए।

मन्त्री आचार्यले यसबाट वातावरण संरक्षणप्रतिको जागरुकता सबैमा जगाउन प्रेरणा मिलेको र यसमा अन्य सङ्घसंस्थालाई पनि हातेमालो गर्न प्रेरणा मिल्ने बताए।



प्रतिक्रिया दिनुहोस्