Logo

अमेरिकन डलरकाे भाउ घटयाे, यस्ताे छ आजकाे बिदेशी मुद्राको विनिमय दर



काठमाडौ, २८ जेष्ठ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ६५ पैसा र बिक्री दर १३२ रूपैयाँ २५ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रूपैयाँ ६४ पैसा र बिक्री दर १४२ रूपैयाँ २९ पैसा रहेको छ। हिजो अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ८२ पैसा र बिक्री दर १३२ रूपैयाँ ४२ पैसा रहेको थियो । साथै, युरो एकको खरिद दर १४१ रूपैयाँ १८ पैसा र बिक्री दर १४१ रूपैयाँ ८२ पैसामा काराेबार भएकाे थियाे ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ १० पैसा र बिक्री दर १६५ रूपैयाँ ८५ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ३२ पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ ७३ पैसा र क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७ पैसा र बिक्रीदर ९९ रुपैयाँ १५ पैसामा काराेबार गर्न सकिनेछ ।

उता, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४७ पैसामा काराेबार हुदाँ कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १४ पैसा र बिक्री दर ३६ रूपैयाँ ३० पैसा तथा साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ११ पैसा र बिक्रीमा ३५ रुपैयाँ २७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्