Logo

च्याम्पियन्स लिगको उपाधि म्यान्चेस्टर सिटीलाई



काठमाडौं, जेठ २८ । यस वर्षको च्याम्पियन्स लिग फुटबलको उपाधि इंग्लीश फुटबल क्लब म्यान्चेस्टर सिटीले जितेको छ ।

टर्कीको इस्तानबुलमा गयराति भएको फाइनल खेलमा इटालीको इन्टर मिलानलाई १–० ले हराउँदै म्यान्चेस्टर सिटीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।

खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन रोड्रीले ६८ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । जितसँगै सिटीले यो सिजन महत्वपूर्ण तिन उपाधि जित्ने किर्तीमान पनि बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot