Logo

गेटा मेडिकल कलेजबारे प्रष्ट पार्न सुदूरपश्चिम सरकासँग एमालेको आग्रह



काठमाडौं,२८ जेठ । नेकपा एमालेले कैलालिको गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने सरकारको निर्णय विपरीत बजेट मार्फत प्रतिष्ठानका रुपमा अगाडि बढाउने घोषणा प्रति आपत्ति जनाएको छ ।

आइतबार बसेको सुदूरपश्चिम प्रदेशसभाको बैठकमा बोल्दै नेकपा एमालेका सांसद धर्मराज पाठकले विश्वविद्यालय बनाउनुपर्ने प्रदेश बासीको माग विपरीत प्रष्ठिान बनाउने गरि काम अगाडि बढाएकोप्रति प्रदेश सरकारसँग जवाफसमेत माग गरेका छन् ।

‘गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनुपर्ने माग गर्दै भइरहेका आन्दोलनमा नेकपा एमालेको ऐक्यबद्धता छ तर यसबारे प्रदेश सरकारको धारणा के हो ?’ पाठकले भने, ‘हामीले यसअघिको बैठकमा पनि सरकारको धारणा मागेका थियौँ तर अहिलेसम्म केही आएको छैन । सभामुख महोदय धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन गरियोस् ।’



प्रतिक्रिया दिनुहोस्