Logo

नक्कली शरणार्थी प्रकरण-सन्दीप रायमाझीको तर्फबाट अधिवक्ता भट्टराईको बहस सुरू



काठमाडौं,२८ जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउर अमेरिका पठाई ठगी गरेको आरोपमा पत्राउ परेका पूर्वउपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सनदीप रायमाझीको तर्फबाट उनका वकिलको बहस सुरु भएको छ ।

आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा जारी बहसमा सन्दीपका तर्फबाट अधिवक्ता ईश्वरी भट्टराईले बहस थालेकी छन् ।

शरणार्थी प्रकरणमै पक्राउ परेका रायमाझीका बाबु पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको तर्फबाट भने पूर्व महान्यायाधिवक्ता रमेश बडाल तथा वरिष्ठ अधिवक्ता सुशील पन्त लगायतले बहस गरेका थिए । गत हप्ता देखी सुरू थुनछेक बहस यही जेठ ३१ गतेसम्म जारी रहनेछ ।

यस प्रकरणमा पूर्वमन्त्रीद्धय रायमाझी र बालकृष्ण खांण तथा पूर्व सांसद आङटावा शेर्पा,पुर्व गृहसचिब टेकनारायण पाण्डे,नेपाल हज समितिका अध्यक्ष शमसेर मिया,भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल,पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका प्रमुख सुरक्षा सल्लाहाकार इन्द्रजित राई लगायत १८ जना थुनामा रहेका छन् भने १४ जना अझै फरार रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्