Logo

गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै राप्रपा सांसद विष्टद्धारा सुदूरपश्चिम प्रदेशसभाको बैठक बहिष्कार



काठमाडौं,२८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सुदूरपश्चिम प्रदेश सभा सदस्य खेमादेवी विष्टले आजको प्रदेश सभाको बैठक बहिष्कार गरेकी छन् ।

कैलालीको गेटामा शहीद दशरथ चन्द विश्वविद्यालय सञ्चालन गर्ने सरकारको घोषणा विपरीत गत जेठ १५ मा सार्वजनिक बजेटमा प्रतिष्ठानको रुपमा काम अगाडि बढाउने घोषणा गरेको प्रति आपत्ति जनाउँदै प्रदेश सभाको बैठक बहिष्कार गरेको बताएकी छन् ।

‘नेपाल सरकारले सुदूरपश्चिमका जनतालाई हेप्नु भनेको सुदूरपश्चिम सरकारलाई हेप्नु हो । अहिले स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि प्रदेशवासी आन्दोलित छन्। आज बन्दको घोषणा पनि गरिएको छ। यस्तो समयमा प्रदेश सभा बैठक सञ्चालन हुनु उचित होइन ’ उनले भनिन्, ‘आजको सदन स्थगितको लागि जोडदार माग गर्दछु र म राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट आजको सदन बहिस्कार गरेको घोषणा गर्दछु । ’



प्रतिक्रिया दिनुहोस्