Logo

अदालतमा युद्ध अपराधको मुद्दा दर्ता भएको भन्दै ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्री प्रचण्डको राजीनामा



काठमाडौं,२८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजिनामा माग गरेका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बजेटमाथि आफ्नो धारणा राख्ने क्रममा सांसद शाहीले प्रधानमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युद्ध अपराध जस्तो गम्भीर मुद्दा दर्ता भएको भन्दै नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेका हुन् ।

‘प्रतिनिधि सभा नियमावली २०६९ को नियम ३६ अन्तर्गत सम्माननीय प्रधानमन्त्रीज्यु यो संसदको सदस्य पनि हो । तर आज सम्माननीय प्रधानमन्त्रीज्युको बिरुद्धमा सम्मानित सर्वोच्च अदालतमा युद्ध अपराध जस्तो जघन्य अपराधमा मुद्दा दर्ता भएको छ, र सर्वोच्च अदालतले ३० गते सम्माननीय प्रधानमन्त्रीज्युलाई अदालतमा हाजिर हुन भनेर पर्चा काटिसकेको छ,’ उनले भने, ‘म सम्माननीय सभामुखमार्फत सोध्न चाहन्छु, यो ३० गते प्रधानमन्त्रीज्यु अदालतमा जाँदै गर्दा यो देशको प्रधानमन्त्री भएर जानुहुन्छ कि, पुष्पकमल दाहाल प्रचण्ड भएर जानुहुन्छ ? युद्ध अपराधको मुद्दामा अदालतमा जाने कुरा.. यो देशले अपराध गरेको होइन?,’ उलने भने, ‘व्यक्तिले गरेको हो? त्यो भएर, म सम्मानीय सभामुखमार्फत् सम्माननीय प्रधानमन्त्रीज्यूले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ नैतिकताका आधारमा पनि पदमा बसिरहन मिल्दैन।’ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot