Logo

१९ वर्षपछि अध्यापन क्षेत्रमा फर्किए मिनेन्द्र रिजाल



काठमाडौं, जेठ २९ । कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले क्याम्पसमा पढाउन थालेका छन् । उनले काठमाडौंस्थित एपेक्स कलेजमा पढाउन थालेका हुन् । नेता रिजालले १९ वर्षपछि कलेजमा पढाउन थालेको बताएका छन् । उनले अब प्रत्येक आइतबार बिहान ८ देखि १० बजेसम्म पढाउने बताएका छन् ।

रिजाल अर्थशास्त्रमा पीएचडी हुन् । उनले पढाउन थालेको एपेक्स कलेज उनकै लगानीमा सुरु भएको विजनेस म्यानेजमेन्टसम्बन्धी कलेज हो । एपेक्स कलेज उनले गत वर्ष मात्र बेचेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot