Logo

फिफा यू–२० विश्वकपको उपाधि उरुग्वेलाई



काठमाडौं, जेठ २९ । ब्युनर्स आयर्स । फिफा यू–२० विश्वकपको उपाधि उरुग्वेले उचालेको छ । आइबार सम्पन्न फाइनल खेलमा उरुग्वेले इटालीलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो ।

निकै रोचक तथा प्रतिस्पर्धात्मक रहेको उक्त खेल पहिलो हाफ बराबरीमा रोकिएको थियो । तर, खेलको अन्तिम समयमा आएर ८६ औँ मिनेटमा लुसिआनो रोड्रीगेजले गरेको गोलले अन्ततः उरुग्वेलाई विश्कप बिजेता बनाउन सफल भयो ।

यसअघि दुई पटक फाइनलमा पुगे पनि उपाधी उचाल्न नसकेको उरुग्वेले विश्वकपको उपाधी उचालेको यो पहिलो पटक हो । अहिलेसम्म यू–२० विश्वकपको उपाधि अर्जेन्टिनाले ६ र ब्राजिलले ५ पटक उचालेको छन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot