काठमाडौं,२९ जेठ । त्रिभुवन विमानस्थलबाट प्रतिबन्धित लागु पर्दाथ चरेससहित एक जर्मन नागरिक पक्राउ परेका छन् ।
सोमबार बिहान साढे ५ बजे टर्किस एयरलाइन्सबाट इस्तानबुल जान लागेका ६३ वर्षीय पउल वेर्स्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनको साथबाट झण्डै ७ किलो चरेस बरामद गरिएको प्रहरीले जनाएको छ ।