Logo

संसदीय सुनुवाइ समितिले जेठ ३२ गते प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग छलफल गर्ने



काठमाडौं,२९ जेठ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग जेठ ३२ गते छलफल गर्ने भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं सांसद पशुपति शमशेर जबराको अध्यक्षतामा सोमबार बसेको संसदीय सुनुवाई समितिको बैठकले उनिविरुद्ध परेको उजुरी खोल्दै उक्त उजुरीका सम्बन्धमा ३२ जेठमा कार्कीलाइ बोलाएर छलफल गर्ने निर्णय गरेको हो ।

गत जेठ १६ देखि १० दिनको समय उपलब्ध गराएर उजुरी आव्हान गरिएकोमा कार्कीविरुद्ध विभिन्न व्यक्तिहरुले २९ वटा उजुरी दर्ता गराएका छन् ।

समितिको आज बसेको बैठले उजुरीको प्रतिलिपि समिति सदस्यहरुलाई वितरण गर्दै कार्ययोजनासमेत तय गरेको छ ।

आज तय गरेको कार्ययोजना अनुसार आगामी जेठ ३० र ३१ गते उजुरीकर्तालाई बोलाएर छलफल गर्ने,३२ जेठमा कार्कीलाई बोलाएर छलफल गर्ने र असार १ गते विहान ८ बजे बैठक बसी अन्तिम निर्णय गरिनेछ ।



प्रतिक्रिया दिनुहोस्