Logo

गभर्नर अधिकारी र धितोपत्र बोर्डका अध्यक्ष हमाललाई छलफलका लागि बोलाउने अर्थ समितिको निर्णय



काठमाडौं,२९ जेठ । प्रतिनिधिसभाको अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाइ छलफलका लागि बोलाउने निर्णय गरेको छ ।

जेष्ठ सदस्य सन्तोष चालिसेको अध्यक्षतामा सिंहदरबारस्थित अर्थ समितिको सभाहलमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

समितिमा रहेका सदस्यहरुले बैंक र धितोपत्रसँग सम्बन्धित प्रश्नहरुमा छलफल गर्न अधिकारी र हमाललाई बोलाउने निर्णय गरेको हो ।

आजको बैठकमा समितिका सदस्यहरु नारायणी शर्मा,ज्ञानबहादुर शाही र पूर्णबहादुर तामाङले बैंक तथा धितोपत्रसँग सम्बन्धित प्रश्न गरेका थिए । अधिकारी र हमाललाइ बोलाएर उक्त प्रश्नहरुको बारेमा छलफल गर्ने निर्णय समितिले गरेको हो । file photo 



प्रतिक्रिया दिनुहोस्