काठमाडौं, २९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई बजेटको विरोध नगर्न आग्रह गरेका छन् । केही दिन पहिले अध्यक्ष नेपालले यथास्थितिमा बजेट पास हुन नदिने चेतावनी दिएका थिए ।
सोलगत्तै प्रधानमन्त्री दाहालले आज (सोमबार) बिहान अध्यक्ष माधव नेपालसहितका सांसदहरूलाई बालुवाटार बोलाएर छलफल गरेका हुन् । सो भेटवार्तामा प्रधानमन्त्री दाहालले सरकारमा बसेर सरकारले ल्याएको बजेटको विरोध गर्नु शोभनीय नहुने भन्दै विरोध नगर्न आग्रह गरेका थिए ।
अध्यक्ष नेपालले बजेट प्रधानमन्त्री दाहाल र अर्थमन्त्री प्रकाशशरण महतको क्षेत्रमा केन्द्रित भएर आएको भन्दै आलोचना गरेका थिए । कतिपयले भने बजेट पास नभए सरकार पनि ढल्ने खतरा औंल्याएका छन् । यही सन्दर्भमा प्रधानमन्त्री दाहालले अध्यक्ष नेपालसँग छलफल गरेका हुन् ।
file photo