काठमाडौं,२९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले सरकारले ल्याएको बजेट विश्वसनीय बन्न नसकेको बताएका छन् । उनले बाह्य सहयोगको हकमा जे प्रतिबद्धता आएको छ, त्यो बजेटमा लेखिएको भएपनि त्यसमा आश्वास्त हुन सकिने आधार नभएको बताए ।
प्रतिनिधिसभामा बोल्दै सांसद् वाग्लेले बाह्य सहयोगको हकमा प्रतिबद्धता व्यक्त गरिएको रकममात्रै लेखिएको भनिए पनि पत्याउन नसकिने बताए। उनले यस सम्बन्धमा लिखित सम्झौता पेस गर्न अर्थमन्त्री प्रकाशशरण महतलाई चुनौती दिए।
वाग्लेले भने, ‘५५ अर्ब रुपैयाँ अपेक्षित वैदेशिक सहयोगमा जम्मा पाँच अर्ब आएको छ। तर, अर्को चार हप्ताभित्र ३८ अर्ब आउँछ भनेर बजेटमा लेखिएको छ। अर्को साल ५० अर्ब आउँछ भनेर लेखिएको छ। के लिखित सम्झौता नै पेस गर्न सक्नुहुन्छ माननीय अर्थमन्त्रीज्यू? ’