Logo

तीन जिल्लाको नेतृत्व चयन गर्न राप्रपाद्धारा अनलाइन आवेदन आव्हान



काठमाडौं,२९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले विघटित तीन जिल्लामा नेतृत्व चयन गर्न अनलाइन आवेदन खुल्ला गरेको छ ।

राप्रपाको गत शुक्रबार बसेको बैठकले लामो समयदेखि निष्कृय र विवादित गतिविधि गरिरहेको उजूरी परेपछि दाङ,रौतहट र मोरङ जिल्ला कमिटी विघटन गर्ने निर्णय गरेको थियो ।

विघटन भएका पार्टीको ती तीन जिल्लाको नेतृत्व गर्न पार्टी भित्र सक्रिय,अन्य पार्टीमा रहेका र कुनै पार्टीको सदस्य नभए पनि नेतृत्व गर्ने क्षमता भएकालाई आवेदन खुला गरेको हो ।

अनलाइन फाराममा नाम, स्थायी ठेगाना, हालको ठेगाना, जन्म मिति, लिङ्ग, शैक्षिक योग्यता, सम्पर्क नम्बरका अलावा तीन सय शब्दमा नबढाई कार्यानुभव र आगामी कार्ययोजना खुलाएर फाराम भर्नुपर्ने व्यवस्था राप्रपाले गरेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot