Logo

मधेसका मुख्यमन्त्री यादवले आज दोस्रोपटक विश्वासको मत लिने



काठमाडौं,३० जेठ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् ।

मंगलबार साँझ ५ बजे बस्ने प्रदेश सभाको बैठकबाट यादवले पुनः दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्रीलाई समर्थन गरेको कुनैपनि दलले समर्थन फिर्ता लिएमा १ महिना भित्र पुनः विश्वासको मत लिनुपर्ने संबैधानिक व्यवस्था रहेको कारण आज यादवले पुनः विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री यादवलाई समर्थन गरेको प्रदेश सभाको सबैभन्दा ठुलो दल नेकपा एमालेले जेठ १ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

यस अनुसार भोलिसम्मा जसरी पनि सरकारले प्रदेशसभाबाट पुनः विश्वासको मत लिनु पर्ने हुन्छ । तर, विश्वासको मत लिन मधेश सरकारले कुनै चासो देखाएको थिएन ।

३० दिन बित्दा अदालतमा सरकारविरुद्ध रिट परेर कानुनी अड्चन आउन सक्ने देखेपछि मुख्यमन्त्री यादवले आकस्मिक रुपमा विश्वासको मत लिन लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस्