Logo

खुकुरी प्रहार गरी काठमाडौंमा भाइद्धारा दाजुको हत्या



काठमाडौं,३० जेठ । काठमाडौंमा आफ्नै भाइले खुकुरी प्रहार गरी दाजुको हत्या गरेका छन् ।

काठमाडौं महानगरपालिका २३ ओमबहालमा बस्ने २५ वर्षीय सुरज शाक्यले खुकुरी प्रहार गरी आफ्नै दाजु वर्ष ४५ का सूर्य शाक्यको हत्या गरेको प्रहरीले जनाएको छ ।

मदिरा सेवन गरी घर आएका दाइ सूर्यले आमालाई गालीगलौज गर्न थालेपछि भाइ सुरज शाक्यले धारिलो हतियार प्रहार गरी रातको करिब १२ बजे दाइको हत्या गरेको प्रहरीले जनाएको छ ।

दाजुको हत्या गरी फरार रहेका भाइ सुरजलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



प्रतिक्रिया दिनुहोस्