Logo

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष दाहालमाथिको दुर्व्यवहार निन्दनीय छ : प्रदीप ज्ञवाली



काठमाडौं, ३० जेठ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि गरिएको दुव्र्यवहार निन्दनीय भएको टिप्पणी गरेका छन् । नेता ज्ञवालीले सामाजिक सञ्जाल ट्विटरमार्फत दाहालमाथि गरिएको दुव्र्यवहारको निन्दा गरेका हुन् ।

उनले लेखेका छन्–”पूर्वाञ्चल विवि, सेवा आयोगका अध्यक्ष महेश दहालमाथि गरिएको दुर्व्यवहार निन्दनीय छ। केही वर्ष अघि त्रिविका उपप्राध्यापक प्रेम चलाउने सांघातिक आक्रमणबाट झण्डै मृत्युको मुखमा पुग्नुभयो। प्राध्यापकमाथि आक्रमण भइरहनु,प्रशासन रमिते बन्नु र प्राज्ञिक स्थल गुण्डागर्दी-स्थल बन्नु दुखद छ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot