Logo

के तपाईंलाई थाहा छ लसुनका फाईदा ? हाडजोर्नी दुखेको समस्या पनि कम हुन्छ



सविता सिंह ठकुरी :

लसुन हामीले खानेकुरामा मात्र नभई औषधीको रुपमा पनि प्रयोग गर्ने गरेका छौं । सय ग्राम लसुनमा एक सय पैतालिस क्यालोरी पाइन्छ । यसमा कार्बोहाइट्रेट, प्रोटिन, कम मात्रामा फ्याट पाइन्छ । लसुनले हाम्रो शरीरको धेरै भागहरुमा फाइदा दिने गर्दछ । कतिपय मानिसहरुलाई लसुनको स्वाद मन नपर्ने भएकोले खाएका हुँदैनन् ।

हामीले प्रत्येक दिन करिब चार ग्राम लसुन खानुपर्छ र त्यो भन्दा धेरै लियो भने शरीरलाई हानी पु¥याउन सक्छ । लसुनको दैनिक प्रयोगले हामीलाई स्वस्थ बनाउन र रगत सञ्चारमा मद्दत गर्दछ । यस्ता रहेका छन् लसुन खानुका फाइदाहरु

१. लसुनमा धेरै मात्रामा सल्फर कम्पाउ्रन्ड हुन्छ जसले इन्सुलिन रेसिस्टेन्स कम हुन्छ र डाइबिटिज हुनबाट रोक्छ ।
२. लसुनको प्रयोग गर्नाले शरीरमा नाइट्रिक अक्साइड बढाउछ र हाम्रो शररिमा बगेको रगतलाई डाईलाइट गर्छ । जसले ब्लड प्रेसर कम गर्नमा मद्दत गर्छ ।
३. लसुनको प्रयोगले कलेजोमा हुने टक्सिसिटीलाई रोक्छ ।
४. लसुनले हाम्रो शरीरमा हुने एन्टिमाइक्रोविएल किटाणु लाई मार्ने काम गर्दछ र हाम्रो शरीर संक्रमित हुनबाट बचाउछ ।
५. लसुनको दैनिक प्रयोगले ब्लड कोलेस्ट्रोललाई घटाउने काम गर्दछ ।
६. लसुनमा एन्टिअक्सिडेन्ट पाइने हुनाले यसले हाम्रो शरीरभित्रको फ्री रेडिकल्स हराउछ र हामीलाई जवान बनाइराख्न मद्दत गर्दछ ।
७. लसुनलाई तेलसँग तताएर लगाउनाले हाडजोर्नी दुखेको समस्या कम हुन्छ ।
८. लसुनलाई रुघाखोकी लागेको बेलामा प्रयोग गरिन्छ ।
९. ग्याष्ट्रिक भएको समयमा लसुनको दानालाई चपाएर खानाले केही समयमै राहत दिन्छ ।

 



प्रतिक्रिया दिनुहोस्