Logo

परराष्ट्रमन्त्री साउदद्वारा ललितकला प्रदर्शनी अवलोक



काठमाडौं,३० जेठ । परराष्ट्रमन्त्री एनपी साउदले आज राष्ट्रिय ललितकला प्रदर्शनीको अवलोकन भ्रमण गरेका छन् । आज नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको परिसर नक्सालमा राखिएको कला, सिर्जनाको अवलोकन भ्रमणका क्रममा सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले कला भावनाको अभिव्यक्त रुप भएको बताए ।

कलाले आपसी सम्बन्ध विस्तारमा सहयोग पुर्याउने उल्लेख गर्दै उनले आफूले पनि विद्यार्थीकालमा कलाको एउटा विषय लिएर अध्ययन गरेको सुनाए। मन्त्री साउदले ललितकला क्षेत्रको विकासका लागि आफ्नोतर्फबाट र सरकारको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । रासस file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot