Logo

राष्ट्रपति पौडेललाई डिस्चार्ज गर्ने तयारी



काठमाडौं, ३० जेठ । मुटुमा समस्या देखा परेपछि हिजो मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुँदैछन् । राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ।

मंगलबार बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका उनलाई चिकित्सकको सल्लाह अनुसार २४ घण्टासम्म अवलोकनमा राखिएको र आज डिस्चार्ज गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्