Logo

कांग्रेस कार्यवाहक सभापतिको जिम्मा खड्कालाई



काठमाडौं, जेठ ३१। नेपाली कांग्रेसले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिइएको छ ।

सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर गएपछि उपसभापति खड्काले कार्यवाहकको जिम्मेवारी पाएका हुन् ।

कांग्रेसका विधान २०१७ संशोधनसहितको धारा २५ को उपधारा १३ अनुसार देउवा स्वदेश फिर्ता नभएसम्मका लागि खड्कालाई कार्यवाहक तोकिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

सभापति देउवा मंगलवार सिंगापुर प्रस्थान गरेका हुन् । उनी करिब एक सातापछि नेपाल फर्किने उनको सचिवालयले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot