Logo

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध परेको उजुरीमा छलफल जारी



काठमाडौं,३१ जेठ । संघीय संसद् अन्तर्गतको संसदीय सुनुवाई समितिको बैठक अहिले जारी रहेको छ ।

जेष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा बसिरहेको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध परेको उजुरीमाथि उजुरीकर्तासँग छलफल भइरहेको छ ।

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध विभिन्न व्यक्तिहरुले एकल तथा संयुक्त गरी २९ वटा उजुरी दर्ता गराएका छन् । अहिले ती उजुरी कर्ताहरुसँग छलफल भइरहेको हो । एक जना उजुरीकर्तालाई १० मिनेटको समय दिएर छलफल गरिरहेको समितिले जनाएको छ ।

आज उजुरी कर्ताहरुसँग छलफलल गरेर भोलि प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाई गर्ने र असार १ गते उनलाई अनुमोदन गर्ने तयारी समितिको रहेको छ ।
कार्की साउन २० गतेबाट अनिर्वाय अवकासमा जाने भएको कारण छोटो समयमात्र नेपालको प्रधानन्यायाधीश बन्नेछन् ।



प्रतिक्रिया दिनुहोस्