काठमाडौं, ३१ जेठ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएका उजुरीकर्ताहरुले कार्कीलाई स्वयम समितिमा बोलाएर छलफल गर्न माग गरेका छ्न । अहिले समितिका सदस्यहरुले उजुरीकर्ताहरुसँग छलफल गरिरहेका छन् । समितिले भोलि (बिहीबार) प्रस्तावि प्रधानन्यायाधीश कार्कीको सुनुवाइ गर्ने भएको छ ।
आज भने उजुरीकर्ताहरुलाई उनीहरुको उजुरीमाथि छलफल गर्न बोलाइएको थियो । तर, उजुरीकर्ताहरुले कार्कीलाई समेत उपस्थित गराएर छलफल गर्नुपर्ने माग राखेका छन् । कतिपय उजुरीकर्ताहरु भने समितिको बैठकमा प्रवेश गर्न नै पाएनन् । उनीहरुले भन आफूहरुलाई किन रोकियो ? भन्दै प्रश्न गरेका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम