Logo

संसदीय समितिमा उपप्रधानमन्त्री श्रेष्ठले भने–सरकार जिल्ला निर्वाचन कार्यालय हटाउने पक्षमा छैन



काठमाडौं, ३१ जेठ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले जिल्ला निर्वाचन कार्यालय हटाउने पक्षमा नरहेको स्पष्ट पारेका छन् । आज (बुधबार) बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै यस्तो स्पष्ट पारेका हुन् ।

उनले सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्यमा जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने भन्ने शब्द परेको भएपनि सरकारको आशयनिर्वाचन कार्यालय खोरज गर्ने नरहेको सुनाए। उनले भने,‘त्यहाँ प्रस्तुतीले प्रिन्टमा जस्तो देखियो, त्यो सरकारको आशय होइन। यसबारेमा स्वयं अर्थमन्त्रीज्युले संसदमा स्पष्ट पारिसक्नुभएको छ ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 

 



प्रतिक्रिया दिनुहोस्