Logo

नेकपा एस भोजपुरका उपसचिव कार्कीद्धारा पार्टी परित्यागको घोषणा



काठमाडौं,३१ जेठ । नेकपा एकीकृत समाजवादीका भोजपुर जिल्ला कमिटी उपसचिव इश्वर कार्कीले पार्टी छोडेको घोषणा गरेका छन् ।

जिल्ला अध्यक्षसमक्ष राजीनामा बुझाउँदै कार्कीले आफ्नै खुशीले पार्टी छाडेको उल्लेख गरेका छन् ।

उनी कोशीका पूर्वमुख्यमन्त्री एवं नेकपा एसका सचिव राजेन्द्रकुमार राईनिकट थिए । एमाले छाडेदेखि नै कार्कीले राजेन्द्रलाई साथ दिएका थिए ।

पार्टी छाडेका कार्की आफ्नै मुलघर नेकपा एमालेमा फर्कने वा राष्ट्रिय स्वतन्त्र पार्टीमा जाने भन्ने बारेमा नेताहरुसँग छलफलमा रहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्