काठमाडौं,३१ जेठ । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बजेट सार्वजनिक गर्नुअघि प्रदेश सभाबाट विश्वासको मत लिन आग्रग गरेका छन् ।
बुधबार कोशी प्रदेश सभाको बैठकमा बोल्दै राईले संविधानत सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिँदा एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको भन्दै छिट्टै विश्वासको मत लिएर मात्रै अगाडि बढ्ना आग्रह गरेका हुन् ।
उनले मुख्यमन्त्री कार्कीलाई प्रदेशसभामा नै बजेट पेश गर्न पनि आग्रह गरे । ‘प्रदेशसभामै बजेट ल्याउनु पर्छ, यो बाटो (अध्यादेश) को बाटोमा नजानू’ उनले भने ।
प्रदेश सरकारलाई समर्थन गरेको जसपा र नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अहिले मुख्यमन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा रहेको छ । सरकार अल्पमतमा रहेको कारण कार्की अध्यादेशबाट बजेट ल्याउने तयारी गरिरहेका छन् । file photo