Logo

निरन्तर स्याउ खानाले रगतको मात्रा बढ्छ, अरू फाइदा यस्ता छन्



सविता सिंह ठकुरी : स्याउ सबैलाई मनपर्ने फल हो । स्याउमा विभिन्न प्रकारका पौष्टिक तत्वहरु पाइन्छ । स्याउबाट विभिन्न प्रकारका परिकारहरु बनाइन्छ । एउटा स्याउ प्रत्येक दिन खानाले कुनै रोग लाग्न सक्दैन । हाम्रो शरीरलाई स्वस्थ र बलियो बनाउछ । स्याउको बोक्रामा फाइबर पाइने हुनाले बोक्रा नफाली खानुपर्दछ ।

स्याउ स्वादिलो र हेर्दा आकर्षित देखिने भएकोले सबैले मन पराउछन् । स्याउ चिसो ठाँउमा फल्ने भएकोले हिमाली भेगमा बढी खेती गर्ने गरेको पाइन्छ । यसले हाम्रो शरीरलाई धेरै फाइदा गर्दछ । सय ग्राम स्याउमा उनन्साँठी क्यालोरी पाइन्छ ।

स्याउमा कार्बोहाइट्रेड १३ ग्राम, प्mयाट ०.५ ग्राम, प्रोटिन, मोइस्टर करिब ८५ ग्राम, फाइबर २.५ ग्राम, मिनरल, भिटामिन ‘सी’, आइरन पाइन्छ । स्याउको जुस, मिठाई, वाइन, स्याउको चाना, साइडर, आइसक्रिमलगायत थुप्रै परिकारहरु बनाइन्छ । स्याउले आर्थीक र शारीरिक फाइदा गर्दछ । यसका फाइदाहरु धेरै प्रकारका रहेका छन् ।

१. स्याउले सुगर रोगको लागि कुनै नोक्सान गर्दैन ।
२. निरन्तर स्याउको प्रयोगले तौल कम गर्नको लागि धेरै फाइदा गर्दछ ।
३. स्याउमा प्राकृतिक एन्टिअक्सिडेन्ट पाइन्छ, जसले हाम्रो शरीरलाई धेरै फाइदा गर्दछ ।
४. स्याउमा पाइने एन्टिअक्सिडेन्टले क्यान्सर रोक्ने, मुटुको बिरामी रोक्ने र डाइबिटिजलाई फाइदा गर्दछ ।
५. स्याउमा कटेसिन पाइन्छ जसले स्मोलोल लाई फाइदा गर्दछ ।
६. स्याउले हाम्रो शरीरमा कुनैपनि प्रकारको इन्फेक्शन हुन दिदैन ।
७. निरन्तर स्याउ खानाले शरीरमा रगतको मात्रा बढ्छ ।
८. लुजमोसन भएको छ भने स्याउलाई उमालेर थोरै नुन हालेर २ देखी ४ वटा स्याउ पाँच घण्टाभित्रमा खायो भने दुई घण्टामै लुजमोसन ठिक हुन्छ ।



प्रतिक्रिया दिनुहोस्