Logo

व्यापार घाटा न्यूनीकरण गर्न पाँचवर्षे कार्ययोजना



काठमाडौं, जेठ ३२। सरकारले बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न पाँचवर्षे नयाँ राष्ट्रिय कार्ययोजना ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा ल्याएको हो ।

आयात बढ्दै गए पनि सो अनुपातमा निर्यात नहुँदा नेपालको वैदेशिक व्यापार घाटा बढ्दै गएपछि त्यसलाई कम गर्न कार्ययोजना ल्याएको हो । यसअघि २०७५ सालमा ल्याएको व्यापार घाटा न्यूनीकरणसम्बन्धी कार्ययोजना कार्यान्वयन नभई मन्त्रालयले पुनः नयाँ कार्ययोजना ल्याएको हो ।

मन्त्रालयका सहसचिव गोविन्द कार्कीले व्यापार घाटा न्यून गर्न नयाँ कार्ययोजना बनाउन कार्यान्वयन ल्याएको जानकारी दिए। स्वदेशी वस्तुको उत्पादन बढाएर निर्यात प्रवर्धन गरी व्यापार घाटा कम गर्न सकिने प्रशस्त आधारहरू कार्ययोजनामा समावेश गरिएको उनले जानकारी दिए ।

तुलनात्मक लाभ र प्रतिस्पर्धात्मक क्षमताका वस्तु तथा सेवाको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने, वस्तु तथा बजारको विविधीकरण गरी नेपाली वस्तुको निर्यात प्रवर्धन गर्ने उद्देश्यसहित कार्ययोजना ल्याएको मन्त्रालयले जनाएको छ ।

नेपालको वस्तु तथा सेवाको निर्यात कुल गार्हस्थ उत्पादनको अनुपातमा आधार वर्ष २०७८र७९ को ६।३ प्रतिशतबाट आगामी पाँच वर्षमा २० प्रतिशत पु¥याउने कार्ययोजनाको लक्ष्य रहेको छ । कार्ययोजना कार्यान्वयनको गर्न विभिन्न १५ वटा सरकारी निकायलाई गर्नुपर्ने जिम्मेवारी तोकिएको छ ।

कार्ययोजना कार्यान्वयनको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय तथा राष्ट्रिय योजना आयोगबाट अनुगमन हुनेछ । व्यापारविज्ञ रविशङ्कर सैँजूले कार्ययोजना प्रभावकारी कार्यान्वयन गर्न विशेष मेकानिजम, बजेटको स्पष्ट व्यवस्था गर्नुपर्ने बताए। वस्तु तथा सेवाको निर्यात कुल गार्हस्थ उत्पादनको अनुपातमा आधार पाँच वर्षभित्र २० प्रतिशत पु(याउने लक्ष्य सम्भव नभएको उनको भनाई छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्