Logo

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं, जेठ ३२ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ०६ पैसा र बिक्री दर १३१ रूपैयाँ ६६ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ६२ पैसा र बिक्री दर १४२ रूपैयाँ २७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ६८ पैसा र बिक्री दर १६६ रूपैयाँ ४४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९५ पैसा र बिक्री दर ३६ रूपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

 



प्रतिक्रिया दिनुहोस्