Logo

इन्स्योरेन्सको नाममा मौलाएको लुट धन्दा, पीडितलाई थप पीडा दिँदै सागरमाथा लुम्बिनी विमा कम्पनी



काठमाडौं, ३२ जेठ । सिरहाको गोलबजार नगरपालिका वडा नं–४ मा सञ्चालनमा रहेको सिरहा सुपर मार्केट प्रा.लि. मा गत माघ २९ गते आकस्मिक आगलागी भएको थियो । आगलागीबाट तीन करोड ३४ लाख बराबरको धनमाल जलेर नष्ट भएको थियो । आगलागी पश्चात प्रहरी, स्थानीय जनप्रतिनिधिको रोहवरमा मुचुल्का तयार गरियो । सुपर मार्केट सञ्चालक जागिर अनसारीले सागरमाथा विमा कम्पनी लि. (हाल परिवर्तित नाम सागरमाथा लुम्वीनी विमा कम्पनी लिमिटेड)  मा विमा गरेका थिए । घटनापश्चात सुपर मार्कटका सञ्चालक अन्सारीले विमा कम्पनीलाई पनि जानकारी गराए । सुपर मार्केटका सञ्चालन अनसारीका अनुसार विमा कम्पनीका प्रतिनिधिहरुले सूचना पाएलगत्तै घटनास्थलको अवलोकन गरेका थिए ।

घटना भएको चार महिना वितिसक्दा पनि विमा कम्पनीले आफूहरुलाई भुक्तानी दिन बार्गेनिङ गरिरहेको सञ्चालक अनसारीको अरोप छ । विमा कम्पनीले मागेका कागज र प्रमाणहरु पेश गर्दा पनि आफूले क्षतिपूर्ति पाउन नसकेको उनको गुनासो छ । स्थानीय जनप्रतिनिधिको रोहवरमा गरिएको सिफारिस, प्रहरी प्रतिवेदन, घटनास्थल मुचुल्का लगायतका प्रमाणहरुले घटना र त्यसको विगो पुष्टि गर्दा पनि आफूले विमा बापत पाउन पर्ने रकम नपाएको उनले गुनासो गरे ।  विमा कम्पनीले पीडितले ३१ लाख रुपैयाँमात्रै पाउने भनी प्रतिवेदन तयार गरेको उनले बताए । आफूले प्रिमियम वापत ३१ लाख भन्दा पनि बढि बुझाइसकेको उनको भनाई छ ।

घटना भएको चार महिना पूरा भइसक्दा पनि विमा कम्पनीले पीडितको घाउमा मलम लगाउन नसकेको र यसले विमा कम्पनीहरुको विश्वसनीयतामाथि नै प्रश्न चिन्ह खडा भएको उनी बताउँछन् । सागरमाथा विमा कम्पनीको लाहन शाखाबाट विमा गरेका उनलाई अहिले उक्त शाखाले पनि गैरजिम्मेवारीपूर्ण जवाफ दिँदै आएको छ ।

आफूसँग पाँच करोड असी लाख रुपैयाँ बराबरको गोदामकै विमा रहेको उनी बताउँछन् । भएको क्षति पुष्टि गर्ने प्रमाण र विमाङ्कले कभर गर्ने रकम भुत्तानी दिन पनि विमा कम्पनीले बार्गेनिङ गरेको पीडितको गुनासो छ । तत्काल क्षतिपूर्ति वापतको उचित रकम नपाए विमा कम्पनीविरुद्ध कानुनी कारबाही र क्षतिपूर्तिको मागसहित अदालतको ढोका ढक्ढक्याउने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot